बुधबार, असार ११, २०८२

आज देशका यी क्षेत्रमा छ वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभगका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ। 

विभागका अनुसार आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसमसफा रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। 

प्रकाशित: Mar 03, 2023| 06:44 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्