बुधबार, असार ११, २०८२

मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

महोत्तरी- महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ। 

बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो।

साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ।

प्रकाशित: Mar 02, 2023| 20:44 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्