सिन्धुली- सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
जिपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो। बालिकालाई ठक्कर दिने जिपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।