बुधबार, असार ११, २०८२

कोदालो प्रहार गरी श्रीमतीको हत्या

जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

बागलुङ- बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन्।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुण्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ।

प्रकाशित: Mar 02, 2023| 18:55 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्