बिहीबार, असार १२, २०८२

यौन दुर्व्यवहार आरोपमा बाल अनाथालयका प्रमुख कारागार चलान

नलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

कञ्चनपुर- कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ।

जिल्लाको भिमदत्त नगरपालिका–४ का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको हो। कल्याण अञ्चल बाल अनाथालयका प्रमुख चन्दले विगत एव वर्षदेखि बालबालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञ्चनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो।

प्रकाशित: Mar 02, 2023| 17:51 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्