आइतबार, वैशाख २१, २०८२

भिभोका दुई स्मार्टफोनको मूल्य घट्यो 

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले दुई स्मार्टफोनको मूल्य घटाएको छ। 

भी र वाई सिरिजअन्तर्गतका भि–२५ इ र वाइ–१५ सीको मूल्यमा प्रतिफोन तीन हजार रूपैयाँका दरले घटाएको हो। भि–२५ इ ८ जिबी र्याम र एक सय २८ जिबी स्टोरेज भएको फोन अब ग्राहकले ३९ हजार ९ सय ९९ मा पाउने भएका छन्। यस अघि यो फोनको मूल्य ४२ हजार ९ सय ९९ थियो। 

त्यस्तै, १७ हजार ९ सय ९९ रूपैयाँमा बिक्री भइरहेको वाइ–१५ सी अब ग्राहकले १४ हजार ९ सय ९९ सय रूपैयाँमै पाउँने कम्पनीले बताएको छ। यो अफर ग्राहकले मार्च महिनाभरि पाउने छन्। 

यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ। भिभो भि–२५ इ मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ। 

फोनमा ४४ वाटको फ्ल्यासचार्ज र ४५०० एमएएच ब्याट्री दिइएको छ। वाइ–१५ सीमा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले दिइएको छ। जसमा  ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र एआई डुअल क्यामेरा छन्। 
 

Metro Mart
worldlink

प्रकाशित: Mar 02, 2023| 20:00 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्