बिहीबार, असार १२, २०८२

एकीकृत समाजवादीसँग एकखालको सहमति भएको छ : पृथ्वीसुब्बा

नेकपा एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- नेकपा एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एसलाई मत मागेर फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसको कार्यालयमा पुगेको र अध्यक्षसहित पदाधिकारीसँगको संवाद सकरात्मक भएको बताए।

उनले भेटमा नेकपा एसका नेताहरूसँग राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेको बताए। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा पनि एक खालको सहमति भएको उनको भनाइ छ। 

वार्ताका लागि नेकपा एसका कार्यालयमा उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।

प्रकाशित: Mar 02, 2023| 14:02 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्