काठमाडौं– सामाजिक सञ्जालमा पत्रकार ऋषि धमलामाथि हमला गरेर भाइरल भएकी शर्मिला वाइवाले बानियाटारस्थित आफ्नै घरमा विष सेवन गरेकी छन्।
बुधबार राती विष सेवन गरेकी शर्मिलाको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका हुन्।
उनले विष सेवन गरेको जानकारी प्रहरीमा आएलगत्तै राती नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको कार्कीले जानकारी दिए।
पारिवारिक स्रोतका अनुसार केही दिनदेखि डिप्रेसनमा रहेकी शर्मिलाले विषय सेवन गर्नुको कारण हालसम्म खुलिनसकेको प्रहरीले बताएको छ।
शर्मिला पछिल्लो समय नाबालिग बलात्कार आरोपमा थुनिएर जेलमुक्त भएका क्रिकेटर सन्दीप लामिछाने र नायक पल शाहको पक्षमा उभिँदै आएकी छन्।