बिहीबार, असार १२, २०८२

बसन्ता जंगलमा एकै रुखमा महिला-पुरुष झुण्डिएको अवस्थामा फेला

कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बुधबार दिउँसो उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए। उनीहरू छिमेकी हुन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोलीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ। घटनाको अनुसन्धान जारी छ। मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन्।

प्रकाशित: Mar 02, 2023| 13:03 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्