बिहीबार, असार १२, २०८२

चैतन्य पाठशालाको आयोजनामा धनगढीमा पाँच दिने योग शिविर

चैतन्य पाठशाला धनगगढीले पाँच दिने योग शिविरको बयोजना गरेको छ। पतन्जली योग समिति कैलालीको हतमा शिविर आयोजना गरिएको हो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

धनगढी- चैतन्य पाठशाला धनगगढीले पाँच दिने योग शिविरको बयोजना गरेको छ। पतन्जली योग समिति कैलालीको हतमा शिविर आयोजना गरिएको हो।

आजबाट सुरु भएको शिविर २२ गतेसम्म चल्ने पाठशालाका प्राचार्य हरि जोशीले बताए। पतन्जली योग समितिका केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्र, प्रदेश प्रभारी काशीनाथ भट्टलगायतले कार्यक्रममा योगको उपयोगिता र प्रभावकारीताबारे धारणा राखेको जोशीले बताए।

शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ। 'स्वस्थ जीवनका लागि योगको ठूलो महत्त्व छ। हामीले नियमित योगाभ्यास गर्‍यौं भने स्वस्थ रहन्छौं। व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग। यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ। योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ। त्यसैले हामीले योग शिविरको सञ्चालन गरेका हौं,' जोशीले भने।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प भएको उनको भनाइ छ। मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको र मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने उनले बताए।

शिविरमा योग गुरुहरू गौरी नाथ, सुबासको उपस्थिति रहेको थियो। यसका साथै शिविरमा अभिभावक, स्थानीय, शिक्षक र विद्यार्थी सहभागी रहेका छन्।

प्रकाशित: Mar 02, 2023| 10:10 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार