बागलुङ- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन्।
सर्कुवाका २० वर्षीया सायर दिनले बुधबाार साँझ आफ्नै नाबालिका छोरी आरिसा दिनको विभत्स हत्या गरेका हुन्।
घरमा कोही नभएको मौका छोपेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेकी नाबालिकाको घटनास्थलमै निधन भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
आरोपी सायर प्रहरी नियन्त्रणमा छन्। प्रारम्भिक सोधपुछका क्रममा सायरले छोरीको हत्या गरेको स्वीकार गरेका छन्। हत्यापछि घर छोडेर भागेका सायरलाई प्रहरीले गाउँमै लुकिबसेको ठाउँबाट पक्राउ गरेको थियो। हत्याको कारण खुल्न सकेको छैन।