बिहीबार, जेठ २, २०८२

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउनेगरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिए।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

बागलुङ- कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको सङ्ख्या निकै कम थियो। जब विश्वभर महामारीका रुपमा कोरोना सङ्क्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधि लिने बढेको आयुर्वेदालयले जनाएको छ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिनेगरेको सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथलगायतका समस्या भएका बिरामी आयुर्वेद यहाँ आउनेगरेको ढुङ्गानाको भनाइ छ। आयुर्वेद औषधिमा विश्वास कम गर्ने पनि लामो समय नियमित आयुर्वेदिक औषधि खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उनको बुझाइ छ। 

उनका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। चालु आर्थिक वर्षको हालसम्म सात हजार चार सय ३० जना बिरामीले सेवा लिएका छन्। यसवर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार तीन सय २० जना बिरामीले सेवा लिएका छन्। भदौमा एक हजार ३६ जना, असोजमा नौ ६१ जना, कार्तिकमा आठ यी ५१ जना, मङ्सिरमा आठ सय ८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएको औषधालयले जनाएको छ। 

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन्। अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउनेगरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिए। आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायतका विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनको भनाइ छ। 
पछिल्लो समय दैनिक ३०/३५ जना बिरामी औषधालयमा आउनेगरेको डाक्टर रायको भनाइ छ। स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदैआएको उनले बताए।

प्रकाशित: Mar 02, 2023| 09:00 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्