बिहीबार, असार १२, २०८२

ड्युटीमै बेहोस भएर एक प्रहरीको मृत्यु

कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

धनगढी- कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ।

बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार नवीन चौधरीको ड्युटीको क्रममा एक्कासि बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बुधबार दिउँसो ड्युटीको क्रममा एक्कासि बेहोस भएर उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा डाक्टरले चौधरीलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: Mar 02, 2023| 07:34 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्