बिहीबार, असार १२, २०८२

आज काठमाडौंमा मौसम बदलीको सम्भावना

काठमाडौंमा आज वर्षाको सम्भावना न्यून छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज मौसममा बदली भइरहनेछ। 
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- काठमाडौंमा आज वर्षाको सम्भावना न्यून छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज मौसममा बदली भइरहनेछ। 

आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ । तर, मौसम भने बदली भइरहनेछ महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज काठमाडौंमा घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ। तर, वर्षा हुने छैन। 

यस्तै कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ। 

प्रकाशित: Mar 02, 2023| 07:12 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्