कैलाली- धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ।
सोही उपमहानगरपालिका-१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।