बिहीबार, असार १२, २०८२

जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ४० घाइते

पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा दुर्घटना भएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा दुर्घटना भएको छ। बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

भारत बिहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना ५ ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका-२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 01, 2023| 20:35 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्