बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश

सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- नेपाली सेनाले नियन्त्रणमा लिएको दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो।

सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफ समेत माग गरेको छ। साथै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ।

दुवै जनालाई आर्थिक अनियमिततामा जोडिएको भन्दै सैनिक प्रहरीले दुई दिनअघि हिरासतमा लिएको थियो। प्राड महासेनानी शाह र प्राड प्रमुख सेनानी तिम्सिनाले कानुन व्यवसायीमार्फत प्रधान सेनापतिलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि आर्थिक अनियमितताको आरोपमा अनुसन्धान गर्न कोर्टअफ इन्क्वेरी गठन भएको थियो। अनुसन्धानका क्रममा आर्थिक अनियकितता भएको पाइएको र यी दुई कर्णेलको पनि संलग्नता देखिएको निस्कर्षसहित प्रतिवेदन पेश भएको थियो।

उक्त प्रतिवेदनका आधारमा कोर्टमार्सल (सैनिक अदालत) गठन गरेर अदालती प्रक्रिया अगाडी बढाइएको छ। उपरथी शाही भने यसअघिदेखि नै हिरासतमा छन्। सर्वोच्चकै आदेश अनुसार सैनिक मुख्यालय फर्किएका उनलाई सेनाले फर्किएकै दिन पक्राउ गरेर थुनामा राखेको छ।

प्रकाशित: Mar 01, 2023| 20:23 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्