वीरगञ्ज- जंगली हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ। स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो।