आइतबार, वैशाख २१, २०८२

'द भ्वाइस किड्स नेपाल' को हाइजिन पाटर्नरमा लाइफबोइ

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ। जसलाई शोको हाइजीन पार्टनरका रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स-कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ।

यसै क्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकहरूलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानीबारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ। द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो। यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन्। 

कार्यक्रमको पहिलो एपिसोड २०७९ फागुन २६ मा प्रसारण गर्ने गरी योजना बनाइएको छ। साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभीमा रातीको ८ बजे प्रसारण हुनेछ।

लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो। मानिसहरूले सरसफाई, स्वास्थ्य र हात धुनका लागि लाइफबोई प्रयोग गर्दै आएका छन्। लाइफबोईको सुरु सन् १८९४ मा भएको थियो।

उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको सुरुवात गरेका थिए। जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत गर्‍यो। यसको हाइजिन प्रवर्द्धन गर्ने र रोगको फैलिनबाट रोक्ने प्रतिवद्धता आजसम्म विश्वमा प्रचलित छ। 
 

Metro Mart
worldlink

प्रकाशित: Mar 02, 2023| 05:25 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्