आइतबार, वैशाख २१, २०८२

सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरु

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं-  सामसङ ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्याधिक माग भएपछि ग्यालेक्सी २३ सिरिजको प्रिअर्डरको रेकर्ड तोडिएको छ।

सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानेको ग्यालेक्सी एस २३ बजारमा उपलब्ध गराएसँगै त्यस्तो रेकर्ड तोडिएको हो। 

सामसङले ग्यालेक्सी एस २३ सिरिजको प्रि–अर्डर आफैँमा एक ठूलो सफलता भएको जनाएको छ। गत वर्ष ग्यालेक्सी एस २२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर यसपटक आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्राको प्रि–अर्डर भएको उसको भनाइ छ। 

पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ। ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन्। उनीहरूले लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविश्यको लागि पनि तयार भएको सामानहरू नै रोज्न थालेको देखिएको सामसङका निर्देशक प्रणयरत्न स्थापितले बताए।

यसअघि उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएभन्दा पहिले नै बन्द गर्नुपरेको थियो। 

Metro Mart
worldlink

सामसङका निर्देशक स्थापितले अविश्वसनीय प्रतिक्रियाको लागि ग्राहकहरूप्रति आभार व्यक्त गरेका छन्। ‘यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र हाम्रो ब्रान्डप्रति ग्राहकहरूले देखाएको बलियो विश्वास झल्किएको छ,’ निर्देशक स्थापितले भनेका छन्। 

देशभरका डिलरहरूले एस २३ सिरिजको लञ्च र सफलताको खुसी मनाएका छन्। डिलरहरूले ग्यालेक्सी एस २३ सिरिजप्रति बजारमा ग्राहकहरूले देखाएको माया र लगावका कारण आफूहरू उत्साही भएको जनाएका छन्। 

कम्पनीका अनुसार नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस २३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ पनि छन्। जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतिको नयाँ युगको प्रतिनिधित्व गर्दछ। 

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरू जडित छन्। यसले प्रयोगकर्ताहरूलाई उनीहरूको सिर्जनशीलता अभिव्यक्त गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने बताइएको छ। 

यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ। यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरूको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ।

ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोवाइल सुरक्षालाई अर्कोस्तरमा पुर्याएको छ। यो शक्तिशाली स्यान्ड बक्सिङ उपकरणले मोवाइल सुरक्षालार्य अर्को स्तरमा पुर्याएको छ। यसले जिरो क्लिक एक्स्प्लोइट अट्याकविरुद्ध पनि पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने बताइएको छ। 

यो एक नयाँ प्रकारको साइबर आक्रमण हो, जहाँ केवल तस्बिर प्राप्त गर्दा पनि मोवाइल तथा त्यसमा भएका डाटालाई हानी पुर्याउन सक्छ। 

सामसङ मेसेज गार्ड भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ, जसले हानिकारक तस्बिरहरूलाई छुट्टै राखेर सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्न सन्देशमार्फत सुुनिश्चित गर्दछ। 

प्रकाशित: Mar 01, 2023| 20:30 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्