आइतबार, वैशाख २१, २०८२

टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- अपाचे ओनर्स ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड बिहीबारबाट सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ।’

२१ दिने लामो मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी छन्। पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।

मोटोसोल भारतबारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, ‘हामी विश्वभरिका लाखौँ मोटरसाइकल पारखीहरूलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौँ।  यो एउटा समुदाय मात्र होइन, लाखाैँ युवाहरूको प्रेरणाको स्रोत हो, जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाका कुराहरूद्वारा उनीहरुलाई जोड्ने काम गर्छ।’

Metro Mart
worldlink

काठमाडौंबाट रक्सौल हुँदै यो राइड गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट पुनः रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने बताइएको छ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरू सहभागी  रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ।
 

प्रकाशित: Mar 01, 2023| 19:00 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्