आइतबार, वैशाख २१, २०८२

हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ। हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आईओएनआईक्यू ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो।

यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्यू ५ सँग साट्न सक्नेछन्। यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी जनाएको छ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ। यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आईओएनआईक्यू ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन्।

नेपालका विद्युतीय सवारीसाधनहरुमा हुन्डाई ईभीहरु अग्रपंक्तिमा रहेका छन्। यी ईभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ। प्रतिस्पर्धात्मक विद्युतीय सवारीसाधनको बजारमा हुन्डाईले फ्युचरिष्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ। यो योजनाबाट ग्राहकहरुले कोना तथा आईओएनआईक्यू ५ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउनेछन्। यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ।

एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई शोरुमहरुमा उपलब्ध छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ्ग स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ। यस कम्पनीले परिवर्तनशील नयाँ संरचनामार्फत सवारीसाधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारीसाधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 01, 2023| 18:00 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्