आइतबार, वैशाख २१, २०८२

विराटनगरमा एनओजी राइड, अनुशासित राइडरलाई मेडल

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङसम्म पुगेर समापन भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो। करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। 

उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।

प्रकाशित: Mar 01, 2023| 17:30 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्