बिहीबार, असार १२, २०८२

लागूऔषध ओसारपसारमा संलग्न आरोपमा १० जना पक्राउ

राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

हेरात- अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ। 
प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।

यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागूऔषध तस्करीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो।

अफगानिसतानको तालिवान प्रशासनले चरेस उत्पादन एवम् प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागूऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।    -सिन्ह्वा

प्रकाशित: Mar 01, 2023| 14:52 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।