बिहीबार, असार १२, २०८२

देशका विभिन्न स्थानमा चार जना मृत भेटिए

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित  सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा ४ जना मृताअवस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित  सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी महोत्तरीको मटिहानी नगरपालिका-६ पर्सापतैलीस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ भंसार टोल बस्ने ५५ वर्षीय सुरेश साह केशरा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ डम्फास्थित बाटोमा सोही ठाउँ बस्ने ३२ वर्षीया सुनिता थामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। गत सोमबार घरबाट घाँस काट्न जान्छु भनी हिडेकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो। 

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-३ नेउलापुरस्थित पेटीमा पनि सोही नगरपालिका-५ गोबिन्दपुर बस्ने ४० वर्षीया सन्चुरिया थारु मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  
 

प्रकाशित: Mar 01, 2023| 14:28 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्