बिहीबार, असार १२, २०८२

गोदावरीबाट लागूऔषधसहित तीन जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Mar 01, 2023| 13:07 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्