काठमाडौं- तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन्। आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन्।
घिमिरे फागुन १२ बाट सम्पर्क विहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए।
मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको छ। मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो। प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर टोलीले पानीबाट शव निकालेर पोष्टमार्टमका लागी स्थानीय प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए। डिएसपी थापाका अनुसार झोलुंगे पुल मुनि शव भेटिएको थियो।