बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

भक्तपुर- आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँपालिका वडा नम्बर ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी र्वत थिमि भक्तपुरमा राखिएको छ।  

प्रकाशित: Mar 01, 2023| 08:33 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्