बिहीबार, असार १२, २०८२

सुदूरका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।

२६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले मंगलबार प्रदेश सभाका दलहरूसँगको छलफलपछि फागुन २१ गते विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएका थिए।

प्रकाशित: Mar 01, 2023| 07:53 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार