सोमबार, असार २, २०८२

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

दाङ-  दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ। यस्तै  तुलसीपुर ९ दोघरेका २५ वर्षीय सन्तोष वली घाइते भएका छन्।

मंगलबार बिहान करिब ११ बजे तुलसीपुर ३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा१ह ४०९९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा भण्डारी र ओली घाईते भएका थिए।  

घाइते दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भण्डारीलाई  थप उपचारको लागि दिउँसो १२ बजे मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको थियो। उनको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

घाइते वलीको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। 

प्रकाशित: Mar 01, 2023| 07:44 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।