बुधबार, वैशाख १७, २०८२

संकट व्यवस्थापन केन्द्रमा आउँछन् कहालीलाग्दा घटना

 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- एक ११ वर्षकी बालिकालाई केही समयअघि आत्महत्या प्रयासबाट उद्धार गरियो। उनलाई कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखेर उपचार गरियो।

उनको स्वास्थ्यमा सुधार आउन थालेपछि उनले किन आत्महत्या गर्ने प्रयास गरिन् भनेर अध्ययन थालियो। त्यसपछि थाहा भयो, उनी विद्यालयमा यौन हिंसामा परेकी रहिछन्। त्यो घटना उनले घरपरिवारमा सुनाइन्। बालिकाको भनाइलाई परिवारले सकारात्मक रुपमा लिएन। उनी झन् पीडामा परिन्। यसपछि उनले जीवन सिध्याउने निर्णय गरिन्।

अस्पतालको संकट व्यवस्थापन केन्द्रमा यस्ता कहालीलाग्दा घटनाहरु छन्। तीमध्ये बाहिरी जिल्लाबाट रिफर भएर आएकी १४ वर्षीया किशोरीको कथा यस्तै दर्दयुक्त छ। उनीसँग २ महिने सन्तान छ। यी किशोरी र उनको सन्तान दुवैलाई संरक्षणको आवश्यकता छ।

अस्पतालमा रहेको केन्द्रमा चालु आर्थिक वर्षको यस अवधिसम्ममा ४२ वटा यस्ता प्रकृतिका घटना आएका छन्। जसमध्ये २१ वटाभन्दा धेरै काठमाडौं महानगरपालिकाभित्रका छन्। महानगरभित्र पनि विद्यालयबाट आएका घटना धेरै छन्। 

समाजमा हुने गरेका हिंसाका यी नमुनामात्र हुन्। यस्ता कहानी टोल टोलमा हुन सक्छन्। यसरी पीडामा परेका महिला र बालबालिकालाई चाहिने उपचार, प्रशासनिक कारवाहीका प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग एकै ठाउँबाट प्राप्त हुन सकोस् भनेर एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

Metro Mart
worldlink

अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका २०७७ बमोजिम काठमाडौंमा रहेका ट्रमा सेन्टर, वीर अस्पताल, स्त्री तथा प्रसुति रोग अस्पताल, टेकु अस्पताल र कान्ति बाल अस्पतालबाट पीडितहरुका लागि सेवा सञ्चालन हुँदै आएको छ।

केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याको पीडामा रहेका महिला र बालबालिका आउने गरेका छन्। उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ।

यस प्रकृतिका घटना व्यवस्थापन गर्न सामूहिक प्रयास चाहिन्छ। दण्डनीय काम गर्नेलाई हुने कानुनी दण्डका बारेमा सामाजिक सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्छन, ‘महानगरपालिकाले महिला सञ्जाल गठन गरेको छ। निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौं। हामी सबै केन्द्रसँग समन्वय र सहयोग हुने गरी काम गर्नेछौँ।’

सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले हिंसाबाट पीडितहरुलाई पारिवारिक पुनर्मिलन गराउन, सामाजिक पुनर्स्थापना गराउन र जीविकोपार्जनका लागि सीप विकास गर्न महानगरसँग कार्यक्रम रहेको उल्लेख गरेका छन्। 

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले, केन्द्रको प्रभावकारी कार्यान्वयनमा महानगरको सहयोग आवश्यक रहेको बताएका छन्। केन्द्रका फोकल पर्सन पुष्पा घिमिरेका अनुसार पीडितहरुको पुनर्स्थापना अहिलेका लागि मुख्य कार्यक्रम रहेको छ। 

महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएकोले बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा सबै केन्द्रका प्रतिनिधि आमन्त्रण गरेर अहिलेसम्मको प्रगति र चुनौती तथा सहकार्य र सहयोगका विषयमा छलफल गर्ने निर्णय गरेको छ। यसका लागि महानगरको सामाजिक विकास विभागले आन्तरिक रुपमा शिक्षा र सूचना प्रविधि विभागसँगै केन्द्रहरुसँग समन्वय गर्नेछ।

प्रकाशित: Feb 28, 2023| 17:16 मंगलबार, फागुन १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।