बिहीबार, असार १२, २०८२

गाउँपालिकाद्वारा दलित समुदायको निःशुल्क स्वास्थ्य बिमा

पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो।

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिए। दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परिवारको बीमा गरिएको उनको भनाइ थियो।

गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। ‘उत्पीडित  र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो’, उनले भने।

उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो।

प्रकाशित: Feb 28, 2023| 20:00 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्