शुक्रबार, असार १३, २०८२

रिहा भए पल शाह

उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्। पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं- अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्। पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्। 
नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए।

रिहा भएपछि उनी काठमाडौं आउने बुझिएको छ। एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।  

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो।

प्रकाशित: Feb 27, 2023| 13:12 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्