आइतबार, वैशाख २१, २०८२

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो। 

मगंलबार अर्थात् फागुन १६ गते बिक्री हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। यद्यपि, कूल ट्रेजरी मध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ। 

बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ। इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन्। 

यसअघि केन्द्रीय बैंकले फागुन ८ गते ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।

प्रकाशित: Feb 27, 2023| 11:44 सोमबार, फागुन १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्