शुक्रबार, जेठ ३, २०८२

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत सांसद भण्डारीको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। काठमाडौंको बुद्धनगरस्थित निवासमा १० दिन पहिले ग्यास चुहिएर विस्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो।

भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत उनको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।

शनिबार उनको ड्रेसिङ गरिँदै छ। शुक्रबारबाट ठोस खाना खान थालेका उनले राम्रोसँग बोल्न थालेको मीनप्रसादले बताए। अस्पतालले उपचाररत भण्डारीसँगको भेटलाई भने बन्द गरेको छ।

गत ३ फागुन राती साढे १० ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित आमा हरिकला घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा ४ फागुनमा बिहान निधन भएको थियो। सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो।

प्रकाशित: Feb 25, 2023| 14:23 शनिबार, फागुन १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्