बुधबार, वैशाख १७, २०८२

नेपालगन्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

नेपालगञ्ज-  नेपालगन्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ। 

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई  प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।  

विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम कसरी गर्ने भन्ने विषयलाई प्राथमिकतमा राखेर कृत्रिम घटना अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सरेश खनालले जानकारी दिए। उनले विमानस्थाल प्रमाणीकरणका लागि दुई/दुई वर्षमा सो कृत्रिम अभ्यास हुने उल्लेख गर्दै त्यसले विमानस्थलको महत्व बढ्ने विश्वास व्यक्त गरे। नेपालगञ्ज विमानस्थलमा दुई वर्षअघि पनि यस्तो कृत्रिम अभ्यास भएको थियो। प्रमुख खनालले काठमाण्डौँ, पोखरा, भैरहवा, विराटनगर र नेपालगञ्ज विमानस्थल प्रमाणीकरण भएको जानकारी दिए। 

सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरिक उड्डयनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। 

प्रकाशित: Feb 24, 2023| 18:33 शुक्रबार, फागुन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।