काठमाडौं– निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड बराबरको कारोबार गरेको नियामक नेपाल बिमा प्राधिकरणले विवरण सार्वजनिक गरेको छ। निर्जीवन बिमा कम्पनीको व्यवसाय गत वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो।
बिमा कम्पनीले गत वर्ष सोही अवधिमा २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए। बिमा प्राधिकरणका अनुसार माघ मसान्तसम्म शिखर इन्स्योरेन्सले २ अर्ब ९८ करोडको व्यवसाय गरेर पहिलो स्थानमा रहेको छ। नेको इन्स्योरेन्सले १ अर्ब ७५ करोड, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ६९ करोड, हिमालयन एभरेष्टको १ अर्ब ६९ करोड, सगरमाथा इन्स्योरेन्सको १ अर्ब ६८ करोड, सिद्धार्थको १ अर्ब ५२ करोड, एनएलजीको १ अर्ब ४० करोड, सानिमा जिआईसीले १ अर्ब १९ करोडको व्यवसाय गरेका छन्।
यस्तै, प्रिमियरको १ अर्ब १७ करोड, लम्बिनी जनरलको १ अर्ब १२ करोड, अजोड इन्स्योरेन्सको १ अर्ब ८ करोड, आईएमई जनरलको १ अर्ब ५ करोड, प्रभु इन्स्योरेन्सको ९२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड, दि ओरेण्टलको ८४ करोड, प्रुडेन्सियल ७६ करोड, युनाइटेडको ६ करोड र नेसनल इन्स्योरेन्सले ५८ करोडको व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ।
गत वर्षको तुलनामा चालू आवको माघसम्म युनाइटेड इन्स्योरेन्स, नेको, सगरमाथा, प्रिमियम र प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको छ। सगरमाथाको व्यवसाय १३.६३ प्रतिशत, नेको इन्स्योरेको १.२१ प्रतिशत, प्रुडेन्सियलको १.३३ प्रतिशत, प्रिमियम इन्स्योरेन्सको ४.८० प्रतिशत र युनाइटेडको व्यवसाय ३०.५१ प्रतिशत घटेको छ।