मंगलबार, असार ३, २०८२

आगामी वर्षदेखि कर्णाली करिडोर कालोपत्रे गरिने

कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

कर्णाली- कर्णाली करिडोर कालोपत्रे हुने भएको छ। कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रेको काम हुने भएको छ। कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्रे गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए। 

‘खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्रे गर्ने कार्य थालनी भएको छ’, उनले भने, ‘पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो।’

कालोपत्रेका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्रे गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए।

‘कालोपत्रे सडक दुई लेनको हुनेछ, डिपिआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ’ उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रेको काम सुरु हुन्छ।’ 

कालिकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्रे गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए।

कालोपत्रे गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए। ‘आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ’ उनले भने।

प्रकाशित: Feb 24, 2023| 21:00 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।