सोमबार, वैशाख २२, २०८२

सिद्धबाबा सुरुङ मार्ग निर्माण धमाधम

दैनिक आठ घन्टा सडक बन्द गरेर सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण थाल्न डाइभर्सन बनाइँदै।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– सिद्धबाबा सुरुङ मार्ग आयोजना बुटवलले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण अगाडि बढाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। आयोजनाले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण अगाडि बढाउन डाइभर्सन बनाउनुपर्ने हुँदा दैनिक आठ घन्टा राजमार्ग बन्द हुने सूचना जारी गरेको हो।

आयोजनाले सडक डाइभर्सनको काम सुरु भएको र सवारी साधन चल्दा दुर्घटना जोखिम निम्तिने हुँदा १३ देखि २७ फागुनसम्म दुईपल्ट गरी दैनिक ८ घन्टा राजमार्ग बन्द गर्न लागिएको बताएको छ।

‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगा खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने सम्भावना हुँदा ढुंगालाई पूर्ण रुपमा व्यवस्थित गर्न वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ देखि दिउँसो २ बजेसम्म र राती १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई पूर्णरुपमा बन्द गरिनेछ,’ सूचनामा भनिएको छ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतको ठेक्कामा काम थालेको हो। 

पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खस्दा दुर्घटना भई मानवीय क्षतिसमेत हुने गरेको छ। सिद्धबाबा सडक खण्डले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वतलाई जोड्छ।

Metro Mart
worldlink

आयोजनाले सडक बन्द अवधिभर पाल्पाबाट आउने सवारी साधन जडीबुटीचोक, सत्यवती जाने बाटो र  तिनाउ गाउँपालिका– ३ मा रोकिराख्ने व्यवस्था मिलाएको छ। बुटवलबाट जाने सवारी साधन चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिर वरपर रोक्नुपर्नेछ। अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनले बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सक्ने सूचनामा भनिएको छ।

प्रकाशित: Feb 24, 2023| 13:14 शुक्रबार, फागुन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्