बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाउँपालिका–६ का राजेन्द्र पाशी रहेका छन्। उनको उपचारको क्रममा भिम अस्पताल भैरहवामा बिहीबार राति सवा १० बजे मृत्यु भएको हो।

लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो। फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। 

प्रकाशित: Feb 24, 2023| 11:31 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।