काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बिहिबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो।
तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ७ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ३ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ।