बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ६ महिनामै ट्राफिक कारबाहीमा परे साढे २१ हजार सवारी चालक

६ महिनामै ट्राफिक कारबाहीमा परे साढे २१ हजार सवारी चालक

सार्वजनिक सवारी साधन चलाउँदा ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ५०८ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विवरण सार्वजनिक गरेको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– सर्वसाधारणका लागि कष्टकर बन्दै आएको सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण पनि देखिएको छ। संघीय राजधानी रहेको सुविधायुक्त स्थल काठमाडौं उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सर्वसाधारणा चालक र सहचालकको लापरबाहीका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० फागुनसम्म सवारी नियम उल्लंघन गर्ने २१ हजार ५०८ सवारी चालकलाई कारबाही गरिएको छ। तीमध्ये ढोका खुलै राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार ६२९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ढोका खुलै राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ। विवरणानुसार साउनमा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७४९, कात्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघमा १ हजार ९३८ चालक कारबाहीमा परेका थिए्। ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका ५ हजार ८०२ दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए।

७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुन्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो। क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा यात्रु नराख्न यातायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुन्ण्डएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाए कारबाही हुने व्यवस्था छ।

Metro Mart
worldlink

प्रकाशित: Feb 23, 2023| 13:23 बिहीबार, फागुन ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।