सोमबार, वैशाख २२, २०८२

कालिमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

सकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको न्युनतम मूल्य सार्वजनिक गरेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- सकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको न्युनतम मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ३५० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भईरहेको छ भने तितो करेला १३० रुपैयाँ, तोरीको साग २५ रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना ३५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा मूल्य तोकिएको छ।

प्रकाशित: Feb 23, 2023| 10:06 बिहीबार, फागुन ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्