बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा बर्डफ्लु भेटियो, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुरमा बर्डफ्लु भेटियो, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुरका तीन कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

भक्तपुर- भक्तपुरका तीन कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो।

बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ। कुखुरामा बर्डफ्लु देखिएपछि तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ।

विभागका अनुसार चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो। तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको छ। 

फार्ममा पालिएका कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका पशु चिकित्सक डा. श्रीजा वाग्लेले जानकारी दिए।

बर्ड फ्लु थप फैलन नदिन पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिन पनि उनको सुझाव छ। 

Metro Mart
worldlink

कुखुराको मासु राम्ररी पकाएर खान, पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिन, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउन, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गर्न, चल्ला र दाना खरिदकर्ताले बिक्री गर्ने स्वास्थ्य प्रमाणित भए/नभएको बुझ्न, फार्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्न विभागको आग्रह छ।

प्रकाशित: Feb 23, 2023| 09:00 बिहीबार, फागुन ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।