काठमाडौं- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ग्वार्कोबाट प्रहरीले पक्राउ गरेको छ। रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
रौतहटस्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल शाहलाई २०७९ असोज २६ गते कुटपिट गरेको र गम्भीर घाइते भएका शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो।
घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पठाएको प्रहरीले जनाएको छ।