काठमाडौं- ललितपुर महानगरपालिका-१३ कुसुन्तिस्थित सडकमा दुई मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान बा८७ प ५९०१ र बागमती प्रदेश ०२-००२ प ९३७६ नम्बरका मोटरटसाइकल एकापसमा ठोक्किएको हो।
दुर्घटना हुँदा बाप्र०२-००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका बा।८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।