मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकसित गरिंदै

बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकसित गरिंदै

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ। यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ। यसले चुरे क्षेत्रमा रहेको सो  स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ। 

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भने, ‘दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ।’ 

बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदैछ। उनले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न  प्रदेश सरकारले रु ३८ लाख बजेट विनियोजन गरेको बताए। बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र  आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उनले जानकारी दिए।

हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो। गतवर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुनसकेको थिएन। उनले भने ‘ढिलै भए पनि काम सुरु भएछ, खुसी लागेको छ,सरकारले पर्यटनलाई बुझेरमात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिनसक्छ।’

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा अवस्थित तपोभूमि बर्फानी बाबाको मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना छ। यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन अध्ययन समेत थालिएको छ। सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका सुविधाका लागि हेलिप्याड बनाइने योजना रहेको छ। 

सो क्षेत्रमा चुरे क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासको सम्भावना रहेकाले सरोकारवाला निकाय पर्यटन प्रवद्र्धनमा जुटेका जनाइएको छ।

प्रकाशित: Feb 23, 2023| 05:30 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।