बिहीबार, वैशाख १८, २०८२

लमजुङका घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

लमजुङ- पर्यटक बढ्न थालेपछि यहाँ रहेको होमस्टे (घरबास) सञ्चालक अतिथि सत्कारमा व्यस्त हुन थालेका छन्। सुस्ताएको पर्यटन व्यवसायले यस क्षेत्रमा विस्तारै लय लिन थालेको छ। 

बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) मा  यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो। 

चिसो मौसम सुरु भएसँगै पर्यटक आगमन सुस्ताएको थियो। यतिबेला दैनिक १५/२० जना र एक दुई दिन बिराएर ८०/९० जनाको समूहमा पर्यटक आउन थालेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष कविन्द्र गुरुङले बताए। 

उनले भने, ‘अब दैनिक दुई/तीन सय पर्यटक आउनेछन्। केही दिन अघिसमेत सिङ्गापुरबाट १४ विदेशी पर्यटक आएका थिए’, काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छन्, ‘गाउँमा पर्यटक आउन थालेसँगै घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त हुन थालेका छौँ।’ विगतमा दैनिक तीन सय जनाको हाराहारी भन्दा बढी नै पर्यटक आउथे। 

यहाँ विभिन्न जातिका घरबास छन्।  नेवार समुदायका होमस्टेमा परम्परागत नेवारी खाजाका परिकार बनाएर पर्यटकलाई दिइन्छ।  उनले ती होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकार सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरा लगायतका परम्परागत खाजा बनाएर खुवाउने गर्दछन्। 

Metro Mart
worldlink

लोपोन्मुख लाखे नाच, गाईजात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायतका संस्कृतिका नाच देखाउने गरेको र पर्यटकले धेरै मन पराउने गरेको उनको भनाइ छ। फागुन सुरु भएदेखि नै यहाँ लालीगुराँस फुल्न सुरु गरेको छ जुन पर्यटकको मुख्य आकर्षण हो। 

समितिका अनुसार यहाँका प्रति घरवासले मासिक कम्तीमा रु ५० हजार आम्दानी गर्छन्। काउलेपानीको (घरवास) होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो। त्यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढेको हो।  सन् २०१६ मै काउलेपानी हामेस्टे स्वच्छ र अर्गानिक भएको भन्दै नगद १० हजार रकमसहित पुरस्कृत भयो। 

गुरुङ, नेवार भुजेल जातिले काउलेपानीमा अहिले १५ घरमा होमस्टे सञ्चालन गरेका छन्। ती होमस्टेमा ८८ बढी पाहुना सुत्ने बेड रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। 

यहाँबाट बुद्ध, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, हिमालचुली,  मनास्लु, मनास्लु दक्षिणलगायतका हिमालसँगै सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ। गाउँमा रहेको काउलेपानी देवीको मन्दिरमा पुगेर दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। 

प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनोट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्छ। काउलेपानी पुगेका पाहुनाले सो मन्दिरको अवलोकन तथा दर्शन गरेरै फर्किने गरेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बताए।  

एकरात बस्ने पाहुनाका लागि प्रतिव्यक्ति एक हजार ५० रुपैयाँ र सामुदायिकमा तथा समूहमा आउने पर्यटकका लागि एक हजार एक सय ५० को प्याकेज तयार गरिएको छ। स्वागतदेखि भोलिपल्ट बिदाइसम्मको लागि सो प्याकेज हो। गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता)ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, स्थानीय खानपीन तीन पटक गाउँलेले पर्यटकलाई खुवाउँछन्। 

अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भट्मास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा रहेको छ। स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन्। त्यस्तै, रातिको खानामा स्थानीय जातको चामलको भात, स्थानीय कुखुरा वा खसी, बोकाको मासु, सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको (रक्सी) पनि उपलब्ध गराइन्छ। 

बेँसीसहर बजारदेखि दक्षिण पश्चिम तर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साँढे १ घण्टा समय लाग्छ। पैदल यात्रुका लागि सिँढी निर्माण गरिएको छ। सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तरोन्नति गरिएको छ।

प्रकाशित: Feb 22, 2023| 21:15 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।