सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

उक्त सर्भिस क्याम्प माघ ८ देखि फागुन ३ सम्म काठमाण्डौ उपत्यकाभरिका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुगड ब्रदर्स एन्ड सन्स प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ। 

उक्त सर्भिस क्याम्प माघ ८  देखि फागुन ३ सम्म काठमाण्डौ उपत्यकाभरिका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो।  दुगड ब्रदर्श एन्ड सन्सद्वारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। 

गल्फ लुब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरका लागि आधिकारिक ल्युब पार्टनर रहेको र उक्त दुवै स्कुटरहरुको इन्जनका लागि आवश्यक विश्वस्तरीय गुणस्तरको ल्युब उत्पादन गर्दै आइरहेको छ।  

क्याम्पमा सहभागी १ हजार ८०० भन्दा धेरै ग्राहकमध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युब आयल (गल्फ लुब्रिकेन्ट्स) का तर्फबाट लक्की ड्रमार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्रबाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाईं (एकान्तकुना), शान्तिमाया मगर (गहनापोखरी), अमीरमान भट्टाचार्य (झम्सीखेल) र राजु गुरुङ (बालाजु) विजेता भएका छन्। 

कम्पनीका अनुसार दुगड ब्रदर्स एन्ड सन्सद्वारा सञ्चालित यस क्याम्पमा सहभागिता जानउनुको मुख्य उद्देश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गुणवत्ता र उपादेयता सम्बन्धमा सुसूचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। ‘सबै सहभागी र उपहार विजेताहरुलाई हामी धन्यवाद ज्ञापन पनि गर्न चाहन्छौँ’, कम्पनीले भनेको छ। 

Metro Mart
worldlink

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।  


प्रकाशित: Feb 22, 2023| 21:00 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्