सोमबार, वैशाख २२, २०८२

टीभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड

स्थापनाको छोटो अवधिमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको दावी गरेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनर्स ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोश मनाउने गरेको छ।

स्थापनाको छोटो अवधिमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको दावी गरेको छ। ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइडसहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ। परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रममा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउने भएको जनाएको छ।

फागुन ११ गते बिहीबारबाट सुरु हुने अपाचे ओनर्स ग्रुप (एओजी) को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्। उक्त यात्रा २१ दिन लामो हुनेछ। पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।

मानिस र मेसिन बीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश रहेको कम्प्नीले जनाएको छ। माक्र्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउने छन्। टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको जनाएको छ।


प्रकाशित: Feb 22, 2023| 20:30 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्